काठमाडौं- अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज सुन तोलामा ५०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य २ हजार ७५ रुपैयाँ निर्धारण भएको छ ।
अन्तरराष्ट्रिय बजारमा आज एक औंस सुनको मूल्य ३ हजार ३८९ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् ।









