चितवन– नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान)ले सदस्य चार्टर्ड एकाउन्टेन्टहरु (सिए) को व्यावसायिक क्षमता बढाउन चितवनमा सिपिई तालिम सम्पन्न गरको छ । संघले नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्थाको सिपिई गाइडलाइन अनुसार ३० घन्टाको सिपिई तालिम दिएको जनाएको छ ।

संघका अनुसार चैत ५ देखि ७ गतेसम्म तालिम सञ्चालन भएको थियो । उक्त तालिममा ३७ जना रजिस्टर्ड अडिटर र सिएहरुको सहभागिता रहेको संघले जनाएको छ ।

तालिममा आचार संहिता, अडिट अफ स्कुल, र अडिट अफ कोअपरेटिभ्स गरी तीन विषयमा बृहत् छलफल भएको संघको चितवन च्याप्टरका संयोजक निशान पौडेलले जानकारी दिए । तालिममा आचार संहिताको सहजीकरण सुजन काफ्लेले, अडिट अफ कोअपरेटिम्स र अडिट अफ स्कुलको सहजीकरण आनन्द श्रेष्ठले गरेको पौडेलले बताए ।

सिपिई कार्यक्रमबाट सदस्यहरुको क्षमता अभिवृद्धिमा टेवा पुगेको उनको भनाइ छ । आगामी दिनमा पनि संघका सदस्य र व्यवसायीलाई क्षमता अभिवृद्धिमा मदत पुग्ने खालका कार्यक्रम सञ्चालन गर्दै जाने संयोजक पौडेलले बताए ।

अहिले चितवनलाई नै कार्यथलो बनाउने चार्टर्ड एकाउन्टेन्टको संख्या ४७ पुगेको छ । यसले चितवनमा आर्थिक क्रियाकलाप बढ्दै गएको संकेत गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय