काठमाडौं– भारतको अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजका एकजना यात्रु जीवितै रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उक्त जहाजको सिट नम्बर ११ए मा बेलायती नागरिक रमेशकुमार विश्वास जिवितै भेटिएका हुन् । उनी आफन्त भेट्न भारत आएका थिए । रमेशकुमार भाइ अजयकुमारसँगै बेलायत फर्कंदै थिए ।

उनको अहमदावादस्थित सिभिल अस्पतालको जनरल वार्डमा उपचार भइरहेको बताइएको छ ।

बिहीवार दिउँसो गुजरातको अहमदावादस्थित सरदार बल्लभभाइ पटेल विमानस्थलबाट बेलायतको लन्डन जान उडेको जहाज उडेलगत्तै दुर्घटनामा परेको थियो । उक्त जहाजमा चालकदलका १२ सदस्यसहि २४२ जना सवार थिए ।

दुर्घटनाग्रस्त जहाज त्यहाँको एक सरकारी अस्पतालका डाक्टरहरु बस्ने होस्टेलमा समेत ठोक्किएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय