काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ३० मिलियन अमेरिकी डलर बराबरको बोन्ड जारी गर्ने सूचना नियमनकारी निकायलाई दिनुअघि पत्रकारलाई दिएर सेयर मूल्यमा प्रभाव पार्न खोजेको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सोधेको स्पष्टीकरणको जवाफ दिएको छ । स्पष्टीकरण पत्रमा बैंकले बन्ड जारी गर्ने बैंकको योजना अहिलेको नभई नेप्सेमा सूचीकृत हुनुअघिकै भएको जनाएको छ ।

बैंकले ३० मिलियन डलरको बन्ड जारी गर्ने विषय बैंकको रणनीतिभित्रकै एक हिस्सा रहेको सो कुरा बेंकको वार्षिक प्रतिवेदनहरु र साधारण सेयर निष्कासनका लागि तयार गरिएको विवरणपत्रमा समेत खुलस्त पारिसकेको जनाएको छ ।

बैंकले नेप्समा सूचीकृत हुनु अगावै बन्ड जारी गर्न सम्बन्धित नियमनकारी निकायबाट लिनुपर्ने केही सहमति र स्वीकृतिहरु लिइसकेको र थप सहमति लिँदै चाँडै नै बन्ड जारी गर्ने जनाएको छ । लाभांशको सम्बन्धमा पनि बैंकले सर्वसाधारणका लागि सेयर जारी गर्नुअघि प्रकाशित गरेको विवरणपत्रमा चालु आर्थिक वर्षमा ८ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण रहेको बैंकले जनाएको छ ।

‘बैंकले ३० मिलियन डलरको बन्ड जारी गर्ने विषय बैंकको रणनीतिभित्रकै एक हिस्सा रहेको र बैंकले आफ्ना वार्षिक प्रतिवेदनहरु र साधारण सेयर निष्कासनका लागि तयार गरिएको विवरणपत्रमा समेत यसअघि नै खुलस्त पारिसकेको विषय हो,’ बैंकको विज्ञप्तिमा भनिएको छ, ‘लाभांशको सम्बन्धमा बैंकले आफ्नो सार्वजनिक सेयर निष्कासनको क्रममा प्रकाशित गरेको विवरणपत्रमा आव २०७७–७८ मा ८ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण रहेको जानकारी गराउँछौं ।’

केही दिनअघि नेपाल आर्थिक पत्रकार संघसँगको भेटघाटका बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामकृष्ण खतिवडाले ३० मिलियन डलरको बोन्ड जारी गर्ने, आगामी वर्ष सेयरधनीलाई १० प्रतिशत लाभांश बाँड्ने दोहोर्याएका थिए ।

नेप्सेले सोही विषयलाई लिएर नेप्सेले नयाँ योजनाबारे नियमनकारी निकायलाई पहिले जानकारी दिनुपर्नेमा त्यसो नगरी पत्रकारलाई किन सुनाएको भन्दै चैत ४ गते बैंकलाई स्पष्टीकरण सोधेको थियो । बैंकका सिइओ खतिवडाले स्पष्टीकरण सोधेको भोलिपल्टै नेप्सेलाई जवाफ दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय