सुन्दरहरैँचा (मोरङ)– मोरङको सुन्दरहरैँचा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ७१ करोड २७ लाख ५९ हजार १८० रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

आज नगर उपप्रमुख अकली चौधरीले उक्त बजेट नगरसभाको १६औं अधिवेशनसमक्ष प्रस्तुत गरकी हुन्। त्यसमा पूर्वाधार विकासतर्फ ६१ करोड ३७ लाख, आर्थिक विकासतर्फ २ करोड ८६ लाख, सामाजिक विकासतर्फ ४६ करोड १२ लाख रुपैयाँ सञ्चित कोषबाट विनियोजन गरिएको छ । साथै वन तथा वातावरण विपद् व्यवस्थापनतर्फ १ करोड ७५ लाख, सुशासन तथा संस्थागत विकासतर्फ २ करोड ६३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न गर्ने गरी बहुवर्षीय क्रमागत आयोजना कार्यान्वयनका लागि ६ करोड ३ लाख ५७ हजार रुपैयाँ विनियोजन गरिएको छ । वडागत बजेट सिलिङतर्फ चालु खर्चका लागि ३ करोड ७६ लाख ८८ हजार तथा पुँजीगततर्फ १४ करोड ५९ लाख १२ हजार गरी जम्मा १८ करोड ३६ लाख रकम विनियोजन गरेको उल्लेख गरिएको छ ।

कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ २५ करोड ५० लाख रकम विनियोजन गरिएको छ । नगर र वडाको साझेदारीमा वडा गौरवका आयोजनाका लागि साझेदारी रकम ६ करोड विनियोजन गरिएको छ । वित्तीय व्यवस्थापनअन्तर्गत ऋण तथा साँवा ब्याज भुक्तानीका लागि ६५ लाख रकम विनियोजन गरिएको छ ।

समग्र रुपमा चालु खर्चतर्फ ८२ करोड ६२ लाख ९० हजार विनियोजन गरिएको छ । त्यस्तै पुँजीगत खर्चतर्फ ८७ करोड ९९ लाख ६९ हजार रुपैयाँ विनियोजन गरिएको उल्लेख छ । यसैगरी वित्तीय व्यवस्थापन शीर्षकमा ६५ लाख गरी आर्थिक वर्ष २०८२/८३ का लागि जम्मा १ अर्ब ७१ करोड २७ लाख ५९ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

प्रस्तुत गरिएको बजेट तथा कार्यक्रम आगामी शुक्रबार नगरसभाले छलफल गरेर पारित गर्ने उल्लेख गरिएको छ । यसअघि नगरप्रमुख केदारप्रसाद गुरागाईंले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम छलफलपछि सर्वसम्मतिले पारित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय