काठमाडौं– नेपालका लागि फोटन मोटरको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले ललितपुरको बालकुमारीमा फोटनको विश्वस्तरीय सोरुम खोलेको छ । ‘करिब २५ सय वर्गफिटमा फैलिएको यो नयाँ ‘स्टेट–अफ–आर्ट’ सोरुमले नेपालमा फोटन ब्रान्डको ‘नयाँ अनि ठूलो सुरुआत’लाई संकेत गर्छ,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ ।

नयाँ सोरुम नेपालमा फोटनको ‘बिग प्लान’अन्तर्गत स्थापना गरिएको हो । फोटनको नयाँ सोरुमलाई फोटन मोटर नेपालको फेसबुक, इन्स्टाग्राम र युट्युब च्यानलमा ‘लाइभ’ गरी भर्चुअल माध्यमबाट सार्वजनिक गरिएको थियो ।

‘आजको दिन हाम्रा लागि निकै रोमाञ्चक छ । ग्राहक महानुभावहरु सदा हाम्रो पहिलो प्राथमिकतामा पर्नुहुन्छ । त्यसैले, उहाँहरुको आत्मविश्वास बढाउन र उहाँहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न हामीले यो आधुनिक सोरुम स्थापना गरेका हौं,’ एमएडब्लू ग्रुप अफ कम्पनिजका अध्यक्ष विष्णुकुमार अग्रवालले भने ।

‘हामीले केही महिनाभित्रै २० हजार वर्गफिटमा फैलिएको नयाँ स्टेट–अफ–आर्ट सर्भिस फेसिलिटी पनि निर्माण गर्दैछौं । यसबीच, हामीले इटहरी, नेपालगन्ज र बुटवलमा पनि सर्भिस तथा स्पेयर्स सेन्टर खोल्दैछौं । यसका साथै ग्राहकलाई सर्वोत्कृष्ट सेवा दिनका लागि देशभर १२ वटा आधिकारिक सर्भिस सेन्टरको स्थापना गर्दैछौं,’ उनले अगाडि थपे ।

फोटनको नयाँ सोरुमले फोटनका कमर्सियल भेहिकलमा रुचि भएकाहरुका लागि ‘सप विन्डो’को काम गर्नेछ । ‘अब ग्राहकले फोटनका उत्पादन एउटै ठाउँमा हेर्नुका साथै बेस्ट सेल्स कन्सल्ट्यान्टहरुबाट कन्सल्टेसन पाउनुहुनेछ । यसका अलावा ग्राहकले फोटन ब्रान्ड र नेपालमा उसको भावी योजनाबारे जानकारी पाउन सक्नुहुनेछ,’ एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, ‘हामी हाम्रा ग्राहकलाई नयाँ सोरुमा स्वागत गर्न व्यग्र छौं ।’

फोटन चीनको नम्बर १. कमर्सियल भेहिकल ब्रान्ड हो जसले सन् २०२० मा विश्वभर ६ लाख ८० हजार युनिट सेल्स हासिल गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा २६ प्रतिशत बढी हो । फोटनका उत्पादन विश्वका २७ वटा एसेम्बली प्लान्टमा उत्पादन भई एक सय १० देशमा उपलब्ध छन् । हाल एमएडब्लू वृद्धिले नेपालमा फोटनका पिकअप र भ्यान विक्रीवितरण गर्दै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय