काठमाडौं– नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले नेपालमा १२० भन्दा बढी शाखा रहेको चेन स्टोर बिगमार्टमा एससीटी–यूपीआई कार्ड प्रयोगकर्ताका लागि स्मार्ट जुलाई अफर ल्याएको छ ।

जुलाई १, २०२५ देखि सुरु भएकोे उक्त अफर अन्तर्गत ग्राहकले बिगमार्टमा एससीटी–यूपीआई कार्डबाट भुक्तानी गर्दा एकपटकमा १०, अधिकतम १०० रुपैयाँ हुने गरीे छुट प्राप्त गर्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । यो छुट पाउन एससीटी–यूपीआई कार्ड प्रयोग गरी पीओएस मेसिन मार्फत भुक्तानी गर्नु पर्ने बताइएको छ । यो अफर जुलाई ३१, २०२५ सम्म बिगमार्टको सम्पूर्ण शाखामा लागु हुनेछ ।

एससीटीले यसअघि बिगमार्टमै एससीटी स्मार्ट वेनस्डे अफर दिँदै आएको थियो, जसमा एससीटी–यूपीआई कार्ड प्रयोगकर्तालाई हरेक बुधबार एससीटी–यूपीआई कार्डबाट भुक्तानी गर्दा १० छुट पाउँथे । सो अफर अगस्टको पहिलो बुधबारदेखि पूर्ण सुचारु हुने र यो छुट एससीटीका सम्पूर्ण सदस्य बैंक तथा वित्तीय संस्थाका एससीटी–यूपीआई कार्ड प्रयोगकर्ताले पाउने बताइएको छ ।

एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी–यूपीआई कार्ड जारी गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय