काठमाडौं– साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । १३ समूहको सेयर किनबेच भएको दोस्रो बजारमा सबैको परिसूचक बढ्दा बजारमा हरियाली छाएको हो ।

सेयर परिसूचक नेप्से ६३ बिन्दुले माथि उक्लिएको यस दिन २०६ वटा कम्पनीको एक करोड २४ लाख ३० हजार कित्ता सेयर ५ अर्ब, ९१ करोड ९८ लाख २४ हजार ५६९ रुपैयाँमा किनबेच भएको छ । उक्त संख्याको सेयर किनबेच हुन ८० हजार ९८६ पटक कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यस दिन मिथिला लघुवित्त वित्तीय संस्था, स्वरोजगार लघुवि, त्त वित्त विकास बैंक र सूर्योदय लघुवित्त वित्तीय संस्थाका सेयरधनीले १० प्रतिशत कमाएका छन् । सबै समूहको सूचक बढेको बजारमा पनि ग्रिनलाइफ हाइड्रोपावरका सेयरधनीले भने ६.०६ प्रतिशत गुमाएका छन् । त्यसैगरी खानीखोला हाइड्रोपावर कम्पनीका सेयरधनीले पनि ६.०२ प्रतिशत गुमाएका छन् । आइतबारको वृद्धिले नेप्से परिसूचकलाई २५३८.४६ बिन्दुमा पुर्याएको छ ।

कारोबार रकमका आधारमा यस दिन नेपाल बैंगलादेश बैंक सबैभन्दा माथि रह्यो । यस कम्पनीको ३९ करोड ९० लाख २२ हजार रुपैयाँको सेयर किनबेच भएको छ । किनबेच भएको सेयर संख्याका आधारमा पनि यो बैंक नै अगाडि छ । सेयर कारोबार संख्याको आधारमा भने ग्रिनलाइफ हाइड्रोपावर अगाडि छ । यस कम्पनीको सेयर १४ हजार ९४७ पटक कारोबार भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय