काठमाडौं- प्रहरीले ९० लाख रुपैयाँ बिगो रकम भएको बैंकिङ कसुर मुद्दाका एक जना अभियुक्तलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पर्साको वीरगन्ज महानगरपालिका–२४ का २८ वर्षीय धर्मेन्द्रकुमार पटेललाई पक्राउ गरी आज सार्वजनिक गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।

उनका अनुसार वादी नेपाल सरकार र प्रतिवादी पटेल भएको ९० लाख रुपैयाँ बिगो रकमको बैंकिङ कसुर मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरी उनीमाथि थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय