बेइजिङ– वासिङ्टन र बेइजिङले एकअर्कामाथिको कर घटाउने सम्भावित सम्झौतामा सहमति जनाएपछि चीनको निर्यात जुनमा अपेक्षा गरिएभन्दा बढेको चीनको सरकारी तथ्यांकले देखाएको छ ।
सोमबार सार्वजनिक चीनको सामान्य कर प्रशासनको तथ्यांकअनुसार निर्यात अघिल्लो बर्षको सोही महिनाको तुलनामा ५.८ प्रतिशतले बढेको छ । यो अर्थशास्त्रीहरूले ब्लुमबर्ग सर्वेक्षणमा गरेको पाँच प्रतिशतको पूर्वानुमानभन्दा बढी हो ।
यो अवधिमा अमेरिकाबाट आयात १.१ प्रतिशतले बढेको छ जुन अघिल्लो बर्षको जुन महिनाको भन्दा ०.३ प्रतिशतले बढी हो र यो वर्ष देखिएको पहिलो वृद्धि हो ।
पछिल्लो समय सुस्त बनेको चिनियाँ अर्थतन्त्रको लागि सुधारको आधारबिन्दु मानिएको निर्यात सन् २०२४ देखिको सबैभन्दा उच्च बिन्दुमा पुगेको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको व्यापक कर वृद्धिका कारण संयुक्त राज्य अमेरिकासँगको व्यापार युद्धका कारण आर्थिक वृद्धिलाई निरन्तरता दिने बेइजिङको प्रयास प्रभावित भएको छ, यद्यपि गत महिना लन्डनमा भएको वार्तापछि दुई देशबीचको विवाद कम भएको थियो ।
सोमबारको भन्सार तथ्यांकअनुसार जुन महिनामा संयुक्त राज्य अमेरिकामा चिनियाँ निर्यातमा ३२.४ प्रतिशतले वृद्धि भएको छ, जुन अघिल्लो महिना घटेको थियो ।
क्यापिटल इकोनोमिक्सका चिनियाँ अर्थशास्त्री जिचुन हुआङ भन्छन्, ‘अमेरिका र चीनबीचको व्यापार युद्धविरामका कारण गत महिना निर्यात मूल्यमा केही सुधार आएको छ । चीनबाट अमेरिकामा हुने आयात कर उच्च रहने सम्भावना छ । चिनियाँ निर्माताहरूले मूल्य घटाएर विश्वव्यापी बजार हिस्सा द्रुत रूपमा विस्तार गर्ने उनीहरूको क्षमतामा बढ्दो अवरोधहरूको सामना गरिरहेका छन् । त्यसैले आगामी त्रैमासिकमा निर्यात वृद्धि दर सुस्त हुने र यसले आर्थिक वृद्धिमा असर पार्ने अपेक्षा गरेका छौं ।’
‘पिनप्वाइन्ट एसेट म्यानेजमेन्ट’का अध्यक्ष तथा प्रमुख अर्थशास्त्री झिवेई झाङले चिनियाँ कम्पनीहरुले अझै पनि संयुक्त राज्य अमेरिकातर्फको निर्यातलाई ‘फ्रन्टलोडिङ’ गरिरहेको देखाएको बताए ।
‘निर्यातको बलियो आँकडाले ‘कमजोर घरेलु मागलाई आंशिक रूपमा पूर्ति गर्न मद्दत गर्दछ र सम्भवतः दोस्रो त्रैमासिकमा जिडिपी वृद्धिलाई पाँच प्रतिशतको सरकारको लक्ष्यको वरिपरि राख्न सक्छ,’ झाङले भने ।
उनका अनुसार संयुक्त राज्य अमेरिकामा निर्यातको गतिविधि कहिलेकाहीँ फिक्का हुने हुँदा वर्षको उत्तरार्धको लागि दृष्टिकोण अस्पष्ट छ । भन्सार अधिकारी वाङ लिङ्जुनले सोमबार आयोजित पत्रकार सम्मेलनमा अमेरिकाले चीनसँग पनि यही दिशामा मिलेर काम गरिरहने छ भन्ने बेइजिङले आशा गरेको बताए ।
वाङले भने, ‘करवृद्धिको युद्धविराम कठिन जीत थियो। धम्काएर वा जबर्जस्ती गरेर बाहिर निस्कने कुनै उपाय छैन। संवाद र सहकार्य नै सही बाटो हो ।” उहाँले भन्नुभयो ।









