काठमाडौं– सरकारले बुधवार ३० जना उद्यमी, व्यवसायीलाई महत्त्वपूर्ण व्यावसायिक व्यक्ति (कमर्सियल्ली इम्पोट्र्यान्ट पर्सन–सीआईपी) को सम्मान दिएको छ ।

सरकारले विभिन्न वर्ग छुट्ट्याएर व्यवसायीलाई सीआईपी सम्मान दिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रवर्द्धनात्मक कार्य गरी आर्थिक विकासमा उल्लेख्य योगदान पुर्याएका संघसंस्थाका अध्यक्ष, निर्यात व्यवसायीका प्रतिनिधिमूलक संस्थाका अध्यक्ष र व्यवसायीका प्रतिनिधिमूलक वस्तुगत संघमध्ये तेस्रो मुलुकतर्फआव २०७९/८० र २०८०/८१ मा कुल ५ अर्ब रुपैयाँ वा त्योभन्दा बढीको निर्यात गर्ने वस्तुगत संघका अध्यक्षलाई सीआईपी सम्मान दिएको हो ।

त्यसैगरी निर्यात क्षेत्रतर्फ तेस्रो मुलुकतर्फ अग्रस्थानका पाँच वस्तु सबैभन्दा बढी निकासी गर्ने निर्यातकर्ता, भारततर्फको रकमको आधारमा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने निर्यातकर्ता र उद्योगी, चीनतर्फ निकासीमा रकमको आधारमा पहिलो, दोस्रो र तेस्रो हुने कम्पनीका सञ्चालकले पनि सीआईपी सम्मान पाए ।

तेस्रो मुलुकतर्फ आर्थिक वर्ष (आव) २०७९/८० र २०८०/८१ मा १ अर्ब रुपैयाँ वा सोभन्दा बढी निकासी गर्ने उद्योग, संस्था, फर्म वा कम्पनी सञ्चालकलाई पनि सीआईपी सम्मान दिइएको छ ।

तोकिएको निकायमा उद्योग दर्ता भई राष्ट्रिय स्टार्ट अप उद्यम नीति २०८० अन्तर्गतको परिभाषाभित्र पर्ने आव २०७९/८० र २०८०/८१ मा ४ करोड रुपैयाँ वा त्योभन्दा बढी वस्तु वा सेवा निकासी गर्ने स्टार्ट अप र यसअघि नै सीआईपीका लागि छानिएका निर्यातकर्तासँग दोहोरो नपर्ने गरी नेपालको मौलिक शीप, कला र संस्कृति झल्किने हस्तकलाका वस्तुको निर्यातबाट सबैभन्दा धेरै रकम भित्र्याउने निर्यातकर्ता पनि सीआईपीबाट सम्मानित भए ।

त्यसैगरी यसअघि नै छनोट भइसकेका निर्यातकर्तासँग दोहोरो नपर्ने गरी वाणिज्य नीति, २०७२ र नेपाल व्यापार एकीकृत रणनीति, २०७३ ले प्राथमकितामा राखेका निर्यात सम्भावनायुक्त वस्तुमध्ये कृषिजन्य वस्तु र जडीबुटी क्षेत्रका वस्तुहरू सबैभन्दा बढी रकमको निर्यात गर्ने निर्यातकर्ता र निर्यात व्यापारमा कुल रकमको आधारमा सबभन्दा बढी रकमको निर्यात गर्ने महिला निर्यातकर्तालाई उक्त सम्मान दिएको छ ।

बैंकिङ प्रणालीमार्फत विप्रेषणको कारोबार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भित्र्याउने विप्रेषण कम्पनी र पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटेल उद्योगी व्यवसायीलाई पनि सरकारले सीआईपी सम्मान दिएको छ ।

राज्यले दिने सीआईपी सम्मानले उद्यमी व्यवसायीको मनोबल बढाउने र लगानी बढ्ने अपेक्षा गरिएको छ ।

सीआईपी सम्मान पाएका उद्यमी व्यवसायीहरु :
चन्द्रप्रसाद ढकाल
राजेशकुमार अग्रवाल
कमलेशकुमार अग्रवाल
रविन्द्र शाक्य
गोविन्दप्रसाद घिमिरे
रेशमबहादुर पोखरेल
बलराम गुरुङ
पशुपतिदेव पाण्डे
नरेशलाल श्रेष्ठ
छेवाङडण्डुल लामा
हरिप्रसाद भट्ट
चन्द्रबहादुर थापा
सुमनकुमार श्रेष्ठ
शक्तिकुमार गोल्याण
हरकिरतसिंह बेदी
दिव्यराज सापकोटा
अक्षय गोल्याण
पासाङ शेर्पा
कर्माछोडुप गुरुङ
उर्गेन लामा
दोर्जेग्याल्जेन लामा
महेश्वर श्रेष्ठ
रामचन्द्र संघई
कुवेर सापकोटा
पद्मरत्न धाख्वा
ओमकृष्ण बिमली
जनकराज अवस्थी
रइसा टिवडेवाल
हेमराज ढकाल
गौरव अग्रवाल

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय