काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१ दशमलव ७६ अंकले बढेको छ । यो अघिल्लो दिनको तुलनामा प्रतिशतका हिसाबले ० दशमलव ७५ प्रतिशतले सोमबार बजार बन्द हुँदा नेप्से २८९२.७२ बिन्दुमा कामय भएको छ ।

आज विभिन्न ३११ कम्पनीका ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता सेयर १ लाख ३८ हजार ८२८ पटक खरिदबिक्री हुँदा १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार २३८ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूह १ दशमलव ४२, लघुवित्त १ दशमलव ९३, निर्जीवन बीमा १ दशमलव २७ र अन्य समूह १ दशमलव ८४ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव ४८, होटल तथा पर्यटन शून्य दशमलव ३०, जलविद्युत् ० दशमलव ४६, लगानी ० दशमलव ३७, जीवन बीमा ० दशमलव ०२, उत्पादन तथा प्रशोधन ० दशमलव ३७, म्युचुअल फन्ड ० दशमलव १९ र व्यापार समूह ० दशमलव ४३ प्रतिशतले बढेको छ ।

थ्रीस्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड र सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रू ७५ करोड ६६ लाख ४६ हजार ३०७ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै लक्ष्मी भ्यालु फन्ड–२ को १७ लाख ४६ हजार ७११ कित्ता सेयर किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय