काठमाडौं— सिजी मोटर्सले जिली अटो ग्रुप सँगको सहकार्यमा इलेक्ट्रिक पिकअप रिद्दारा आरडी ६ का लागि नयाँ आकर्षक अफर सार्वजनिक गरेको छ। अब ग्राहकले मात्र ९ लाख ९९ हजार डाउन पेमेन्टमै यो ईभी पिकअप खरिद गर्न सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । यस अफरमार्फत सिजी मोटर्सले विद्युतीय मोबिलिटीलाई अझै पहुँचयोग्य, विश्वासिलो र सुविधासम्पन्न बनाउने उद्देश्यलाई थप मजबुत बनाएको छ।
रिद्दारा आरडीटी टुडब्लुडी मा ६३ किलोवाट आवर क्षमताको ब्याट्री, २०० केभी पावर र ३८५ एनएम टर्क दिने सिंगल इलेक्ट्रिक मोटर जडान गरिएको विज्ञप्तिमा उल्लेख छ, जसले ३७७ किमीको ड्राइभिङ रेन्ज प्रदान गर्छ। जिली को एमएपी प्लेटफर्ममा आधारित यो पिकअपमा इन्डिपेन्डेन्ट सस्पेन्सन जडान गरिएको र यसले नेपाली सडकमा अझै आरामदायी र स्थिर यात्रा सुनिश्चित गर्ने बताइएको छ ।
यसमा १२०० लिटर क्षमताको कार्गो बेड, ७० लिटरको फ्रन्ट ट्रंक, र भेहिकल टु लोड प्रविधि जडान गरिएको छ, जसले गाडीमार्फत बाह्य उपकरण चार्ज गर्न सकिने सुविधा दिन्छ। यसमा कम्फर्ट, इकोनोमी, अफरोड जस्ता ३ ड्राइभ मोड, ३६० डिग्री क्यामेरा, म्याट्रिक्स एलईडी हेडलाइट र ६६५ हाई स्ट्रेन्थ स्टिलले बनेको मजबुत बडी यो गाडीका थप विशेषता हुन्।
यस विशेष योजनाअन्तर्गत ग्राहकले आकर्षक क्यासब्याक अफर, शुल्क एसेसोरीहरू र तीन लाख रुपैयाँसम्मको एक्सचेन्ज टपअप बोनस पाउने विज्ञप्तिमा उल्लेख छ ।









