हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा बहुमत सांसदको विश्वास गुमाएका छन्।योसँगै उनी बागमती प्रदेश सभामा कांग्रेस संसदीय दलको नेताबाछ हटेका छन् ।

लामाविरुद्ध कांग्रेसका प्रदेश सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । कांग्रेस संसदीय दलमा मंगलबार भएको मत विभाजनमा लामाको पक्षमा १५ र विपक्षमा २२ मत परेको छ ।

लामाविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएका सांसदहरूले उनको विकल्पमा प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई अघि सारेका छन्।

संसदीय दलमा लामाले विश्वास गुमाएको तथा २२ सांसद बानियाँको पक्षमा रहेकाले लामालाई बागमती प्रदेश सरकारको मुख्यमन्त्रीबाट राजीनामा दिएर बानियाँलाई सरकार हस्तान्तरण गर्न नैतिक दबाब बढेको छ।

तर लामाले संसदीय दलको नेता नहुँदैमा मुख्यमन्त्रीबाट राजीनामा दिनु नपर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय