काठमाडौं– नेपाल औषधि उत्पादक संघ (एपोन)को ३१औं वार्षिक साधारणसभाले विप्लव अधिकारीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
सोमवार काठमाडौंमा सम्पन्न साधारणसभामा अध्यक्षका अर्का उम्मेद्वार दीपक दाहालले उम्मेद्वारी फिर्ता लिएपछि अधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् ।
एपोनको वरिष्ठ उपाध्यक्षमा प्रभात रुङ्टा, उपाध्यक्षमा पृथ्वीराज भण्डारी, महासचिवमा सन्तोष बराल, सचिवमा गिरिराज पाठक र कोषाध्यक्ष पदमा सुमितचन्द्र श्रेष्ठ निर्वाचित भए ।
त्यसैगरी सदस्यमा शैलेश वैद्य, पंकज तिवारी, ईश्वर भण्डारी, शरदचन्द्र ओझा, सजलराज रेग्मी र प्रवन दाहाल निर्वाचित भएका छन् ।









