काठमाडौं– भारत उत्तराखण्डको उत्तरकाशी र पौडी गढवाल जिल्लामा एक साताअघि आएको बाढी र पहिरोमा परी २६ जना नेपाली हराइरहेका छन् ।

यही साउन २० र २१ गतेको बाढीपहिरोमा परी उत्तरकाशीमा २१ र पौडी गढवालमा ५ जना नेपाली हराइरहेका नयाँ दिल्लीस्थित नेपाली दूतावासले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

उत्तरकाशीमा जनकबहादुर शाही, रवि सिंह (२४ वर्ष), करणबहादुर, रोविन सिंह, गगनबहादुर, गोरखबहादुर, रामबहादुर शाही, हरिबहादुर खड्का, प्रभाती, केशव, निर्मला खड्का, लक्ष्मण, सुवास विक, रमेश, प्रिया, दीपक मगर, सुरज राना, मानबहादुर, नीमबहादुर, रवि सिंह (१८ वर्ष) र रामबहादुर हराइरहेका छन् ।

यस्तै, पौडी गढवालमा नरेन्द्र खड्का, अमृता परियार, रोमन खड्का, सन्ध्या खड्का र विमल विक हराइरहेका दूतावासको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय