फिक्कल (इलाम)– केचना–कञ्चनजंघा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा जडित बेलिब्रिज सञ्चालनमा आएको छ । पुलको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज उद्घाटन गरेका छन् ।

संघीय सरकारको १ करोड ३५ लाख रुपैयाँ लागतमा गत असारमा उक्त जडान गरिएको हो । सडक डिभिजन कार्यालयका इञ्जिनियर अर्जुन घिमिरका अनुसार यो पुल ४८.६ मिटर लामो छ ।

पुवाखोलामा बेलिब्रिज जडान भएपछि मेची राजमार्गको विकल्पका रुपमा केचना–कञ्चनजंघा सडक विकसित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय