काठमाडौं– सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्य तोलामा १ हजार २०० ले वृद्धि भएको छ भने त्यति नै परिमाणको चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ६०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी २ हजार ३६० मा खरिदबिक्री भइरहेको छ ।

हिजो बिहीबार एक तोला सुन १ लाख ९९ हजार ४०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी २ हजार ३५५ मा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रतिऔंस सुन ३ हजार ४०८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय