काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आइतबार एक विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थको मूल्य घटेको जानकारी दिएको छ।

निगमका अनुसार सोमबार बिहानदेखि लागू हुने गरी डिजेल÷मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले मूल्य घटाइएको छ ।

पेट्रोलको मूल्य भने निगमले चलाएको छ । जबकि इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलको मूल्य पनि घटेर आएको निगमले नै स्पष्ट पारेको छ । त्यस्तै एलपी ग्यासको बिक्री मूल्य पनि यथावत राखिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निगमले हरेक १५ दिनमा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त हुने मूल्य सूची अनुसार पेट्रोलियम पदार्थको मूल्य हेरफेर गर्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय