काठमाडौं– पूर्वी अफगानिस्तानमा आइतबार ६.० म्याग्निट्युडको भूकम्प जाँदा मर्ने मानिसको संख्या ६२२ पुगेको छ । कम्तीमा १,५०० जना घाइते भएको तालिबानको आन्तरिक मामिला मन्त्रालयले पुष्टि गरेको छ।

स्थानीय समयअनुसार आइतबार राति ११ः४७ बजे गएको भूकम्पको केन्द्रबिन्दु देशको पाँचौं ठूलो सहर जलालाबादबाट २७ किलोमिटर टाढा जमिनभन्दा आठ किलोमिटर तल भएको बताइएको छ।

दुर्गम भेगबाट सूचना आउन बाँकी रहेकोले हताहतिको संख्या बढ्न सक्ने अधिकारीहरूले बताएको बीबीसीले सम्प्रेषण गरेको समाचारमा उल्लेख छ ।

तालिबानका अनुसार कुनारमा ६०० जनाभन्दा बढी मानिसको मृत्यु भएको छ भने नानगारहारमा पनि केही मानिसको शव फेला परेको छ।

प्रभावित क्षेत्रमा परकम्पहरू गइरहेका छन्। भूकम्पका कारण पहाडी क्षेत्रमा पहिरोले सडकहरू अवरुद्ध भएका छन् भने उद्धार कार्य पनि प्रभावित भएको छ।

तालिबान अधिकारीहरूले दुर्गम क्षेत्रमा उद्धारकार्यमा सघाउन अन्तर्राष्ट्रिय मानवीय संस्थाहरूलाई आग्रह गरेका छन्।

त्यहाँ कतिपय क्षेत्रहरू पहिरो र बाढीका कारण हवाई पहुँचमा ​​मात्र छन्। तालिबान सरकारले दुर्गम भेगमा उद्धार गर्न तथा प्रभावित क्षेत्रमा बसोबास मानिसहरूसम्म पुग्न हेलिकप्टरहरू प्रयोग गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय