काठमाडौं– अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७ हजार ९०० रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

मंगलबार प्रतितोला सुन २ लाख ५ हजार ९०० रुपैयाँमा मा कारोबार भएकोमा बुधबार प्रतितोला २ हजार रुपैयाँ बढेको हो । चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर २ हजार ४८० रुपैयाँ कायम भएको छ ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय