काठमाडौं- नेपाल तयारी पोशाक उद्योग संघको अध्यक्षमा पशुपतिदेव पाण्डे निर्विरोध निर्वाचित भएका छन् । प्योर क्लोथिङका सञ्चालक पाण्डेको नेतृत्वमा आगामी दुई वर्षको लागी संघको नयाँ कार्यसमिति चयन भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य समेत रहेका पाण्डे यसअघि पनि संघको अध्यक्ष थिए ।

संघको निवर्तमान अध्यक्षमा चण्डीप्रसाद अर्याल, प्रथम उपाध्यक्षमा बसन्तराज अधिकारी (हिमालयन कटन फेसन एन्ड इन्टरनेसनल प्रालि) र उपाध्यक्षमा भुपेन्द्रकुमार बस्नेत (विद्या एप्परेल्स प्रालि) र्निविरोध निर्वाचित भएका छन् ।

त्यस्तै, महासचिवमा भिमकुमार गिरी (ब्ल्याक फेसन ई प्रालि), सहसचिवमा थोमनाथ बस्याल (युनाईटेड फेसन निटिङ ई. प्रालि) चयन भएका छन् भने कोषाध्यक्षमा संजयकुमार अग्रवाल (हेरिटेज फेसन) निर्वाचित भएका छन् ।

साथै, कार्यसमिति सदस्यमा क्रमशस् कृष्णप्रसाद पाण्डे (ट्रान्सट्रिप गार्मेन्ट ई. प्रालि), सुरेशमान श्रेष्ठ (जम्फा निटिङ इन्डस्ट्रिज), हिराकाजी मुक्तान (लोगो फेसन ई प्रालि), सतिस गिरी (अनुजित एपरेल्स), सचिन्द्र प्रधानांग (हिमालयन निटवेयर) र रमेशकुमार कर्ण निर्वाचित भएका छन् । त्यस्तै, आमन्त्रित सदस्यमा सन्दिप पौडेल चयन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय