काठमाडौं– अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

गत शुक्रबार प्रतितोला २ लाख १० हजारमा कारोबार भएको सुनको मोल आज २ हजारले बढेर २ लाख १२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज एक तोला चाँदी २ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ ।

गत बुधबार एक तोला सुन २ लाख सात हजार ९०० र त्यति नै परिमाणको चाँदी २ हजार ४८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ५८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय