काठमाडौं– जेनजी पुस्ताले आह्वान गरेको आन्दोलनका क्रममा प्रहरीले एकजनाको ज्यान लिएको छ । प्रहरीको गोलीले एकजनाको मृत्यु भएके हो ।

बानेश्वर क्षेत्रमा गोली लागेका ती व्यक्तिको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । मृतकको पहिचान खुल्न बाँकी छ ।
प्रर्दशनको रिपोर्टिङ गर्न पुगेका तीन पत्रकार पनि घाइते भएका छन्। उनीहरुको सिभिल अस्पतालमै उपचार भइरहेको छ।

प्रहरीको गोलीले घाइते हुनेमा नेपाल प्रेसकर्मी उमेश कार्की, नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगाना कान्तिपुर टिभीका श्याम श्रेष्ठ छन् ।

प्रहरीले दर्जनौं प्रदर्शनकारीलाई घाइते बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय