काठमाडौं- जेनजीले आह्वान गरेको प्रदर्शनको क्रममा सरकारी सुरक्षा बलले अन्धाधुन्द गोली चलाउँदा मर्नेको संख्या आधा दर्जन पुगेको छ ।
हालसम्ममा नयाँ बानेश्वरको सिभिल अस्पतालमा १ जना र ट्रमा सेन्टरमा चारजनाको मृत्यु भइसकेको सम्बन्धित अस्पतालहरुले पुष्टि गरेका छन् । केएमसी अस्पतालमा पनि एकजना घाइतेको निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
दुवै अस्पताल घाइतेले भरिभराउ रहेको र कैयौं घाइतेको अवस्था चिन्ताजनक रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
उता पोखरामा पनि आन्दोलन उग्र बन्दै गएपछि कर्फ्यु आदेश जारी भएको खबर छ ।









