भैरहवा (रुपन्देही)– जेनजी आन्दोलनका क्रममा चितवनको भरतपुर कारागारबाट भागेका चार कैदीबन्दी सुनौलीस्थित भारतीय सीमा सुरक्षा बल (एसएसबी)को नियन्त्रणमा रहेका छन् । नियन्त्रणमा रहेका चारै जना भारतीय मूलका रहेको बुझिएको छ ।

ती चार कैदीबन्दीमा गाँजा तस्करी आरोपमा कारागारमा रहेका भारतको उत्तर प्रदेश सम्भल जिल्लाका अनिल गिरी र राजपाल सिंह छन् । त्यसैगरी दुर्घटना गराएको आरोपमा कारागारमा रहेका भारतकै उत्तर प्रदेश बाराबांकी जिल्लाका मोनू कश्यप र हरियाण जिल्लाका अब्बास खान रहेका छन् ।

एसएसबीले उनीहरु नेपालको कारागारबाट भागे पनि भारततर्फ उनीहरुको कुनै कुनै आपराधिक अभिलेख नरहेको जनाउँदै नेपाल प्रहरीलाई हस्तान्तरण गर्न आनाकानी गरेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरिक्षक सुरज कार्कीले साँझ साढे ५ बजे सम्म पनि एसएसबीले उनीहरुलाई हस्तान्तरण नगरेको जानकारी दिए ।

‘उनीहरुको भारतमा कुनै आपराधिक रेकर्ड देखिएको छैन भन्दै एसएसबीले हस्तान्तरण गर्न ढिलाइ गरिरहेको छ,’ उनले भने । ‘एसएसबीले माथिको आदेश आएपछि मात्र नेपाली पक्षलाई हस्तान्तरण गर्ने भनेकोले हामी पनि आदेश कुरिरहेका छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय