काठमाडौं– आन्दोलनकारी जेनजी र राष्ट्रपतिबीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति जुटेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी शपथ गराउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपतिको कार्यालयले आजै राति ९ बजे कार्कीको शपथग्रहण हुने जानकारी दिएको छ ।

शुक्रबार दिनभरिको वार्तापछि प्रतिनिधिसभा विघटन गरी कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति जुटेको हो ।

नेपाली कांग्रेस र नेकपा एमालेले भदौ २३ गतेको नरसंहारका दोषी र भ्रष्टाचारको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने विषयमा सहमत नहुँदा बिहानै हुने भनिएको प्रधानमन्त्री नियुक्तिमा ढिलाइ भएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार कार्कीको नियुक्ति र शपथलगत्तै मन्त्रिपरिषदको पहिलो बैठक बस्नेछ।

त्यही बैठकले प्रतिनिधिसभा विघटनको निर्णय गर्ने र स्वीकृतिको निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सहमति भएको छ।

‘मन्त्रिपरिषदले प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि राष्ट्रपतिबाट स्वीकृत हुनेछ,’ पोखरेलले भने।

आन्दोलनरत जेन-जी युवाहरूको मागअनुरूप संसद विघटन गरी कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति जुटेको हो।

राष्ट्रपति रामचन्द्र पौडेल र जेन-जी युवाहरूबाट प्रधानमन्त्रीमा प्रस्तावित पूर्वप्रधानन्यायाधीश कार्कीबीच कसको सिफारिसमा संसद भंग गर्ने भन्नेबारे कुरा मिल्न नसकेपछि प्रधानमन्त्री नियुक्तिमाढिलाइ भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय