काडमाडौं– सुमना श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी त्यागेको घोषणा गरेकी छिन् । उनले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जाहेर गर्दै फेसबुक पेजमार्फत पार्टी त्यागेको घोषणा गरेकी हुन् ।

पार्टीले गल्ती कहिल्यै स्वीकार नगरेको गल्तीमाथि गल्ती दोहार्याएको, पार्टीभित्र आलोचना गर्नेविरुद्ध मिडिया ट्रायल गराएको लगायत गुनासो उनले गरेकी छिन् ।

‘कहिलै गल्ती नस्वीकार्ने । गल्तस्माथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मिडिया ट्रयाल हुन थाल्यो । यो स्वीकार्य छैन,’ उनले लेखेकी छिन् ।

उनी अगाडि लेख्छिन्– अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला । आई क्विट ! मैले पार्टी छोडेँ ।

कांग्रेस, एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस् । आजको दिनको परिस्थिति आउन तपाईंहरूको भन्दा बढि तपाईहरूको नेतृत्वको बहेराले हो । त्यो किन बोकेर बस्नु हुन्छ ? अहिले सही समय आएको छ । आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस् ।

सुमना रास्वपा बाहिर समेत निकै प्रसंसित छन् । उनी रास्वपा सरकारमा रहेका बेला शिक्षामन्त्री बनेकी थिइन् । उनले हरेक कुरा अध्ययन अनुसन्धानपछि मात्र बोल्ने सांसदको छवि बनाएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय