काठमाडौं– देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था भए पनि अध्ययनका लागि विदेशिने क्रम घट्नुको साटो बढ्दै गएको छ । फलस्वरुप एक महिनाको अवधिमै अध्ययनका लागि १४ अर्ब ३१ करोड बराबरको रकम विदेशिएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार शिक्षातर्फको व्यय गत वर्षको तुलनामा थोरै कम छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा अध्ययनका लागि १४ अर्ब ३१ करोड रुपैयाँ व्यय भएको छ । गत वर्ष सोही अवधिमा यस्तो रकम १४ अर्ब ९६ करोड रुपैयाँ थियो ।

चालु वर्षको पहिलो महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय २ दशमलव ८ प्रतिशतले कमी आई २१ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । यस्तै, अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २२ अर्ब ३२ करोड रुपैयाँ थियो ।

समीक्षा अवधिमा खुद सेवा आय १३ अर्ब ३९ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय १५ अर्ब ६ करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय १२ दशमलव ७ प्रतिशतले वृद्धि भई ५ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४ अर्ब ७७ करोड रुपैयाँ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय