काठमाडौं– आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्युआर स्क्यान गर्न मिल्ने भएको छ । नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्युआर, युनियन पे र आइएमई पे क्युआर सेवाग्राहीले सजिलै आइएमई पे एपबाट स्क्यान गरी भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

सबै क्युआर स्क्यान गरी भुक्तानी गर्न मिल्ने आइएमई पे एप एकमात्र विद्युतीय भुक्तानी सेवा प्रदायक एप भएको पनि कम्पनीको दाबी छ ।

‘आइएमई पे’ आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित विद्युतीय भुक्तानी सेवा प्रदायक ब्रान्ड हो । झण्डै ३५ हजार एजेन्ट आउटलेट सञ्जाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी भएको पनि विज्ञप्तिमा दाबी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय