काठमाडौं– सरकारले भदौ २३ र २४ गतेको घटनाको छानबीन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ । आयोगको अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की तोकिएका छन् ।

आइतवारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि मन्त्रिपरिषद्का निर्णय सुनाउँदै अर्थमन्त्री रामेश्वर खनालले आयोगको सदस्यमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी रहेको बताए ।

खनालले आयोगको कार्यावधि तीन महिना रहेको पनि जानकारी दिए ।

जेनजीले भ्रष्टाचार र सामाजिक सञ्जालमाथि प्रतिबन्धको विरोधमा गरेको प्रदर्शनमा सरकारले अन्धाधुन्द गोली चलाउँदा चार दर्जनको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका छन् । उक्त नरसंहारको आक्रोशमा भदौ २४ गते खर्बौंको सरकारी र निजी सम्पत्ति तोडफोड, आगजनी र लुटपाट भएको थियो । भोलिपल्ट पनि थुप्रैको ज्यान गएको छ ।

हालसम्म जेनजी आन्दोलनसँग जोडिएका घटनामा ज्यान गुमाउनेको संख्या ७५ नाघेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय