काठमाडौं– धितोपत्रको दोस्रो बजारको तथ्यांकीय मापक परिसूचक नेप्से मंगलबार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से १४.५७ बिन्दुले बढेर दुई हजार ५२८.९५ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०९ बिन्दुले बढेर ४४८.८९ मा पुगेको छ ।

कूल २०८ कम्पनीको एक करोड दुई लाख ७६ हजार ७१० कित्ता सेयर पाँच अर्ब १४ करोड १८ लाख ९७ हजार १६९ मूल्यमा किनबेच भएको छ ।

मंगलबारको कारोबारपछि बजार पुँजीकरण ३४ खर्ब ९२ अर्ब ५९ करोड १४ लाख ८० हजार बराबर पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये सात उपसमूहको सूचक उकालो र बाँकीको ओरालो लागेको छ । बैंकिङ ६.६८, विकास बैंक ६.०५, वित्त ७.७४, उत्पादन ४२.३३, अन्य ११.४१ र जीवन बीमा ९८.७८ बिन्दुले घटेको छ । यस्तै, व्यापार ३४६.४६, होटल तथा पर्यटन १५५.५, जलविद्युत् १२९.८४, निर्जीवन बिमा १७४.०४, लघुवित्त ६९, सामूहिक लगानी कोष ०.०२ र लगानी उपसमूह १.०३ ले उकालो लागेको छ ।

कारोबारका आधारमा आज नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा छ । सो कम्पनीको ५२ करोड ६० लाख ९४ हजार ५७२ बराबरको किनबेच भएको छ ।
यस्तै, माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीको ३२ करोड ८१ लाख ५५ हजार ७७४, नेपाल बंगलादेश बैंकको २८ करोड ७१ लाख ६ हजार ३०२,

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १५ करोड ५७ लाख १३ हजार ३८४, रसुवागढी हाइड्रोपावरको १३ करोड ७४ लाख ८० हजार ७४७, साल्ट ट्रेडिङ कर्पोरेसनको १२ करोड ५८ लाख ९९ हजार ५४९, निर्धन उत्थान लघुवित्तको १२ करोड ४४ लाख ८३ हजार ८४८, मेरो माइक्रोफाइनान्सको ११ करोड ८७ लाख १६ हजार ९११, शिखर इन्स्योरेन्सको १० करोड ७६ लाख १४ हजार ३३६ र अरुण काबेली पावरको १० करोड ४६ लाख ८६ हजार ६९७ बराबरको कारोबार भएको छ ।

यस दिन साल्ट ट्रेडिङको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको सेयरधनीले १० प्रतिशतले कमाएका छन् । यस्तै, चन्द्रागिरि हिल्स ९.९८, रसुवागढी हाइड्रोपावर ९.९७, कालिका पावर कम्पनी ९.९६, साञ्जेन जलविद्युत् कम्पनी ९.९४, वोमी माइक्रोफाइनान्स ९.९३, माथिल्लो तामाकोसी ९.९२, रैराङ हाइड्रोपावर ९.८९, सूर्योदय लघुवित्त ८.३५ र माहुली सामुदायिक लघुवित्तका लगानीकर्ताले ६.०३ प्रतिशत कमाएका छन् ।

यस्तै, पञ्चकन्या माई हाइड्रोपावर ४.१५, सप्तकोसी डेभलपमेन्ट बैंक ३.६१, हिमालयन पावर पार्टनर ३.१३, अरुण भ्याली हाइड्रोपावर २.६९, युनाइटेड फाइनान्स २.०९, युनिलिभर नेपाल १.९९, गुहेश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले १.८३ प्रतिशतले गुमाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय