काठमाडौं– १०० एसियाली वैज्ञानिकको सूचीमा नेपालका पाँचजना छनोट भएका छन् ।

‘एसियाली साइन्टिस्ट म्यागजिन’ले हालै प्रकाशन गरेको सो सूचीमा काठमाडौं विश्वविद्यालयका फ्रेनशन प्रधान, फ्रेन्स अफ नेचरका राजु आचार्य, इन्डिपेन्डेन्ट कन्जरभेसन बायोलोजिस्टका रिन्जिन फुनजोक लामा, राप्ती इन्जिनियरिङ कलेजका डा शैलेन्द्र गिरी र नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजीका टिष्टा प्रसाईं जोशी छनोट भएका छन् ।

उत्कृष्ट वैज्ञानिकको सूचीमा छनोट भएपछि रासससँग प्रतिक्रिया दिँदै डा गिरीले देशका लागि थप योगदान गर्न हौसला मिलेको बताए। सूचना प्रविधिका क्षेत्रमा काम गर्दै आएका उनी स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र कर्मचारी प्रशिक्षण प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक पनि हुन् ।

उनले सूचना प्रविधिका क्षेत्रमा निजी र सरकारी क्षेत्रबीच सहकार्य गर्दै यस क्षेत्रको प्राज्ञिक र व्यावहारिक उन्नयनमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय