काठमाडौं– नागढुंगा–नारायणगढ सडक खण्डको जवाङ खोला नजिकै र तुइन खोलामा सडक अवरुद्ध गर्ने गरी खसेको पहिरो पन्छाइएको छ । सो क्षेत्रमा झरी परिरहेकोले फेरि पहिरो खस्ने र सडक अवरुद्ध हुने सम्भावना कायमै रहेको अधिकारीहरुले बताएका छन् ।

पहिरोले थुपारेको ढुंगामाटो हटाइएसँगै सवारी आवागमन सञ्चालन सुरु भएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ।

तुइन खोलाको सडक भने एकतर्फी सञ्चालनामा आएको हो । डिभिजन भरतपुरका अनुसार मुग्लिन–नारायणगढ सडक खण्डमा अहिले पनि पानी परिरहेको छ
पानी परिरहेको र यस खण्डमा पहिरोको जोखिम कायमै रहेकोले यात्रा गर्दा सावधानी अपनाउन डिभिजनले सुझाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय