काठमाडौं– भारी वर्षाका कारण शनिबारदेखि बन्द रहेको त्रिभुवन विमानस्थलको आन्तरिक हवाई उडान आइतबार बिहानैबाट सुरु भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार अनुकूल मौसम रहेका विमानस्थलहरुमा आन्तरिक उडान सुरु भएको हो ।

विमानस्थल कार्यालयका अनुसार नेपालगञ्ज, पोखरा, भद्रपुर, सुर्खेत लगायत गन्तव्यमा आइतबार बिहान काठमाडौंबाट जहाजहरु गइसकेका छन् ।

प्रतिकूल मौसमका कारण आन्तरिक उडान रोकिए पनि अन्तर्राष्ट्रिय उडान भने सञ्चालनमै थिए । शनिबार अन्तर्राष्ट्रिय उडानका केही जहाजहरु भने काठमाडौंमा अवतरण गर्न नसकेर भारत र बंगलादेशका विमानस्थलतर्फ डाइभर्ट भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय