काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त दाङको तुलसीपुर उपमहानगरपालिका–१६ प्रतिवादी सन्देश शर्मालाई पक्राउ गरेको छ ।

उनलाई ललितपुरबाट पक्राउ गरी कारागार पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनी गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका थिए ।

शर्मालाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका एक सदस्य मानिएको छ । यो प्रकरणमा पूर्वपराष्ट्रमन्त्री आरजु देउवा, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँड, तत्कालीन गृहसचिव, एमालेका नेताद्वय टोपबहादुर रायमाझी र रामबहादुर थापा समेत जोडिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय