काठमाडौं– अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । सोमबारको तुलनामा मंगलबार एक तोला सुन २ हजार ३०० रुपैयाँले महँगो भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार २ लाख ३३ हजार १०० मा कारोबार भएको एक तोला सुनको मोल मंगलबारका लागि २ हजार ३०० ले बढाएर २ लाख ३५ हजार ४०० रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य भने स्थिर छ ।
सोमबार एक तोला चाँदी २ हजार ९६० रुपैयाँमा खरिदबिक्री भएको थियो । गत आइतबार एक तोला सुन २ लाख ३० हजार ६०० रुपैयाँमा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदीको मूल्य २ हजार ९३० रुपैयाँ थियो ।
अन्तरराष्ट्रिय बजारमा आज एक औंस सुन ३ हजार ९६५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।









