काठमाडौं– नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको तुलनामा २ हजार ६०० रुपैयाँ बढी हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार कायम रेकर्ड तोड्दै बुधबार सुनको मूल्यले ऐतिहासिक उचाइ छोएको हो । पछिल्लो समय सुनको मूल्य निरन्तर बढिरहेको छ ।

चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला २ हजार ९५५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । मंगलबार चाँदी २ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको उक्त मूल्य नै हालसम्मकै उच्च हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय