काठमाडौं– अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा बिहीबार सुन १ हजार २०० रुपैयाँले महँगो भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको १ तोला सुनको मोल बिहीवारका लागि १ हजार २०० रुपैयाँले बढाएर २ लाख ३९ हजार २०० रुपैयाँ तोकिएको छ ।
चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोला २ हजार ९५५ रुपैयाँमा खरिदबिक्री भएकामा बिहीबारका लागि ३ हजार २५ रुपैयाँ मूल्य तोकिएको महासंघले जनाएको छ ।
अन्तरराष्ट्रिय बजारमा आज एक औंस सुन ४ हजार ५५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।









