काठमाडौं– सुनको मूल्यमा सामान्य गिरावट भएको छ । बिहीबारको तुलनामा एक तोला सुन ४ हजार २०० रुपैयाँले सस्तो भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार २ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको एक तोला सुनको मोल शुक्रबारका लागि ४ हजार २०० रुपैयाँले ले घटेर २ लाख ३५ हजार रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य भने बढेको छ । बिहीबार एक तोला चाँदी ३ हजार २५ रुपैयाँमा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदीको भाउ ३ हजार ८५ रुपैयाँ तोकिएको महासंले जानकारी दिएको छ ।
अन्तरराष्ट्रिय बजारमा आज एक औंस सुन ३ हजार ५८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।









