काठमाडौं– नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । भारतबाट मूल्य घटेर आएपछि निगमले घटाएको हा । हवाई इन्धन, खाना पकाउने ग्यास, डिजेल र मट्टीतेलको मूल्य भने चलाएको छैन ।

बिहीबार बिहानदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटिर २ रुपैयाँ घटाइएको निगमले जनाएको छ ।

मूल्य घटेसँगै चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका ग्राहकले प्रतिलिटर पेट्रोलका लागि १५८ रुपैयाँ ५० पैसा, सुर्खेत र दाङका ग्राहकले १६० रुपैयाँ र काठमाडौं, पोखरा र दीपायलका ग्राहकले १६१ रुपैयाँ तिर्नुपर्नेछ । ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय