काठमाडौं– शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ७ हजार १०० रुपैयाँ बढेर कीर्तिमानी बिन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावल सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख ५० हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि बढेको छ । बिहीबार ३ हजार २७५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य शुक्रबार ३ हजार ३५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा कारोबार हुने हरेक दिनको लागि सुनचाँदीको मूल्य तोक्ने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय