काठमाडौं– यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक १६ दशमलव ६७ अंकले बढेर दुई हजार ५०३ दशमलव ८५ को बिन्दुमा कायम भएको छ ।
यस दिन ३२३ कम्पनीको ६१ लाख ९९ हजार ९२९ कित्ता धितोपत्र २८ हजार ७३७ पटक खरिदबिक्री हुँदा कारोबार रकम २ अर्ब ७९ करोड ११ लाख ८९ हजार ९०९ रुपैयाँमा खुम्चिएको छ ।
यस दिन विकास बैंक समूह ० दशमलव २१, म्युचुअल फन्ड ० दशमलव १३ र निर्जीवन बिमा समूह ० दशमलव ३४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।
बैंकिङ ० दशमलव ८७, वित्त ० दशमलव ५१, होटल तथा पर्यटन ० दशमलव ७२, जलविद्युत् ० दशमलव ७०, लगानी ० दशमलव ७५, जीवन बिमा ० दशमलव ३३, उत्पादन तथा प्रशोधन ० दशमलव ९०, लघुवित्त ० दशमलव ४७, व्यापार ० दशमलव ९० र अन्य समूह १ दशमलव १६ प्रतिशतले बढेको छ ।
आइतबार आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी हिमालयन ८०ः२० को मूल्य ६ दशमलव १० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको २८ करोेड १० लाख ९४ हजार ३६५ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा बढी युनियन हाइड्रोपावर लिमिटेडको ३ लाख ४४ हजार ६९८ कित्ता सेयर खरिदबिक्री भएको छ ।









