भरतपुर (चितवन)– चितवनमा सवारी मंगलबार बिहान भएको सवारी दुर्घटनामा दुई युवाले ज्यान गुमाएका छन् । भरतपुर विमानस्थल नजिकै आज बिहान स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक र पछाडि बस्ने यात्रुको मृत्यु भएको हो ।
भरतपुर–१० स्थित विमानस्थल नजिकै बाप्र ०६–००३ प ०६९२ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा स्कुटर चालक भरतपुर–२१ का २५ वर्षीय सन्दीप घिमिरे र स्कुटर पछाडि सवार सोही स्थानका २८ वर्षीय कुशल अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा दुवै जनाको टाउकामा चोट लागेर गम्भीर अवस्थामा उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । उनीहरुको उपचारको क्रममा निधन भएको बताइएको छ ।









