काठमाडौं– अन्तरराष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनयता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ ।

गत आइतबार एकै दिन प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेर २ लाख ४१ हजार ९०० रुपैयाँ कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा २ हजार घटेर २ लाख ३९ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो । आज फेरि प्रतितोला २ हजार ९०० घटेपछि २ लाख ३७ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला ६० घटेर २ हजार ९२० रुपैयाँ कायम भएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ९७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय