काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६२ दशमलव २९ अंकले बढेर २ हजार ५७१ दशमलव ३४ को बिन्दुमा कायम भएको छ । यो २ दशमलव ४८ प्रतिशतको वृद्धि हो ।
आज ३१४ कम्पनीको ९२ लाख ४३ हजार ७२३ कित्ता सेयर ४७ हजार ९४ पटक खरिदबिक्री हुँदा ४ अर्ब ५७ करोड ३९ लाख ४३ हजार ४०५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
व्यापार समूह बाहेक आज अन्य सबै समूहको उपसूचक बढेको छ । आजको कारोबारमा न्यादी हाइड्रोपावर लिमिटेड र बुटवल पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा हिमालयन पावर पार्टनर लिमिटेडको सेयर मूल्य ६ दशमलव ३६ प्रतिशतले घटेको छ ।









