काठमाडौं– गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनका भाउ प्रतितोला ७०० रुपैयाँले बढेको छ भने चाँदीको प्रतितोला ५ रुपैयाँले घटेको छ ।
गत शुक्रबार तोलाको २ लाख ३९ हजारमा कारोबार भएको एक तोला सुनको मूल्य आजका लागि २ लाख ३९ हजार ७०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । यसैगरी, चाँदीको मोल प्रतितोला ३ हजार ५५ निर्धारण भएको छ ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन ४ हजार अमेरिकी डलरमा कारोबार भइरहेको छ ।









