काठमाडौं– सामाजिक सुरक्षा कोषमा हालसम्ममा ९४ अर्ब ९ करोड १ लाख ७९ हजार रुपैयाँ जम्मा भएको छ । कोषले १७ अर्ब २९ करोड ३० लाख ५१ हजार बराबरको रकम योगदानकर्तालाई भुक्तानी समेत गरेको जानकारी दिएको छ ।

कोषका २५ लाख ९२ हजार १४१ जना सूचीकृत योगदानकर्ताका रुपमा समावेश भएका छन् । कोषमा २२ हजार १२५ सूचीकृत रोजगारदाता रहेका छन् । रोजगारदातालाई क्रमशः सूचीकृत गराउन कोषले आवश्यक पहल समेत गरिरहेको जनाएको छ ।

कोषमा औषधी उपचार, स्वास्थ्य तथा मातृत्व दाबी रकम २ अर्ब ४२ करोड ५० लाख ८१ हजार रुपैयाँ छ । यस्तै, दुर्घटना तथा अशक्तता सुरक्षा दाबी रकम २२ करोड ३१ लाख ६३ हजार, आश्रित परिवार सुरक्षा दाबी रकम २८ करोड ३५ लाख ९७ हजार र अवकाश दाबी रकम १४ अर्ब ३६ करोड १२ लाख ८ हजार रुपैयाँ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय