काठमाडौं– सीजी ब्रान्डले दसैं टिका फोटो सेयर एन्ड विन कन्टेस्टका विजेता बुढानिलकण्ठकी श्रीमती सीता खनाल सापकोटालाई सिजी मोरिडिया ४३ जिटिभियु५ ४३ एआई फोरके अस्ट्रा एजडी टेलिभिजन प्रदान गरेको छ।

यो टेलिभिजन हालै बजारमा सार्वजनिक गरिएको नवीनतम मोडल हो र एआई फिचर तथा उच्च गुणस्तरीय फेर के दृश्य अनुभव प्रदान कम्पनीले दाबी गरेको छ ।

विजेतालाई टेलिभिजन सीजी ब्रान्ड होम अप्लाइन्सेसका प्रतिनिधि भरतप्रसाद साह र सज्ञान ढकालले हस्तान्तरण गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवा मार्फत लाखौं नेपाली परिवारको विश्वास जितेको कम्पनीको दाबी छ । यसले देशभर २० वटा आधुनिक सोरुम र ४० वटा सेवा केन्द्रहरूमार्फत कम्पनीले बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय