काठमाडौं– नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भागका १–२ स्थानमा हल्कादेखि मध्यम वर्षा र

हिमपातको सम्भावना छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका १–२ स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रमुख बाली धान भित्र्याउने बेला वर्षाको सम्भावनाले किसानलाई चिन्तित बनाएको छ ।

त्यसैगरी, आज राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थान तथा बाँकी पहाडी भागका एकदुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय